कुन पार्टीबाट को बन्दैछन् मन्त्री ?
१६ चैत २०७९, बिहिवार
१६ चैत २०७९, बिहिवार
काठमाडौ । संसदको ठूलो दल नेपाली कांग्रेसबाट उपप्रधानसहित रक्षा मन्त्रालयको जिम्मेवारी लिएर कांग्रेस उपसभापति पूर्णबहादुर खड्का सरकारमा सहभागी हुँदै छन् । कांग्रेसबाट अर्थमन्त्रीमा डा। प्रकाशसरण महत सरकारमा जाँदै छन् ।
यसैगरी एनपी साउद, धनराज गुरुङ, सीता गुरुङ, प्रदीप पौडेल, रमेश रिजाल, दीपक गिरी पनि कांग्रेसका तर्फबाट सरकारमा मन्त्री बन्दै सहभागी हुने स्रोतले बताएको छ ।
कांग्रेसबाट राजेन्द्र केसी, दीपक खड्का, अजय चौरसिया, रामहरी खतिवडाले पनि मन्त्रीका लागि जोडबल लगाइरहेका छन् । एमालेले छाडेका आठवटा मन्त्रालय कांग्रेसले लिने र भागबन्डा मिलाउनुपर्ने अवस्थामा केही मन्त्रालय हेरफेर गर्ने कांग्रेसको तयारी छ ।
त्यस्तै, नेकपा माओवादी केन्द्रले हाल सम्हाल्दै आएको एक मन्त्रालय छाडेर गृह लिनेछ । गृहमन्त्रीमा नारायणकाजी श्रेष्ठ जानेछन् भने अन्य मन्त्री यथावत रहनेछन् ।
यसैगरी, एकीकृत समाजवादीबाट उपाध्यक्ष वेदुराम भुसाल र उपमहासचिव प्रकाश ज्वाला मन्त्री बन्दै छन् । उनीहरूको नाम बुधबार बसेको सचिवालय बैठकले मन्त्रीका लागि सिफारिस गरिसकेको छ ।
यस्तै, जनता समाजवादी पार्टीबाट दुईजना मन्त्री बन्दै छन् । जसपाबाट अशोक राईको नाम पक्का छ भने अर्का एक मन्त्रीमा राजकिशोर यादव या प्रदीप यादवमध्ये एक जना हुनेछन् ।
© 2023 Saugat Nepal
Designed by : Global Studio